Breaking News :

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धुर्मुस सुन्तलीको एक लाख रुपैयाँ आर्थिक सहयोग

भरतपुर महानगरपालिका-१७ शान्तिचोकमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धुर्मुस सुन्तलीले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

चर्चित हास्यकलाकार तथा समाजसेवीद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले क्रिकेट रङ्गशाला’ निर्माणका लागि एक लाख ११ हजार १११ रुपैंयाँ सहयोगको घोषणा गरेका हुन् । बिहीबार बिहान एक स्ट्याट्स पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन् ।

सुबिहानीको जन्मोत्सवको अवसरमा धुर्मुस सुन्तलीले कुनै विशेष कार्यक्रमको आयोजना गरी रङ्गशाला निर्माणलाई सहयोग गरेका हुन् । ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधिन रङ्गशालाका लागि सहयोग गर्न चाहन्छौं’ उनले लेखेका छन् ‘हाम्रा हरेक विशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

धुर्मुस सुन्तली छोरी जन्मिएको ८ महिना पछिनै निरन्तर सामाजिक काममा अघि बढेका धुर्मुस सुन्तले आफ्नी छोरीसँग धेरै समय बिताउन पाएका छैनन् । तर, यसपालीको छोरीको जन्मदिनमा भने पूरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ । रङ्गशालाको विशेष कामले चितवन पुगेका धुर्मुस सुन्तली बुधबार बेलुकी मात्र काठमाडौं फर्किएका छन् ।

merokhabarsathi

Read Previous

चितवनमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

Read Next

मजदुरका बालबालिकाका लागि भरतपुर रोटरीको दिवाकक्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *