Breaking News :

मकवानपुरमा ट्रकमाथि आगजनी

मकवानपुरको थाहा नगरपालिका–४, नयाँ गाउँमा गएराति ट्रकमाथि आगजनी गरिएको छ ।

अज्ञात समूहले काठमाडौं बाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

मास्क लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको ट्रकका चालकले बताए ।

ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ ।

आज विप्लब समूह द्वारा बन्द आहवान गरिएको हुदा घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।

merokhabarsathi

Read Previous

गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटियो

Read Next

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव देशका सबै जिल्लामा, संकास्पद वस्तु भेटियो ठाउँ ठाउँमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *