प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
रबिना पौडेल, चितवन।
परिवार धान्ने नवराजलाई नै ब्रेन ट्युमर भएपछि चितवनको खैरनी नगरपालिका–१२ नवराज थपलियाको परिवार विचल्लीमा परेको छ । दैनिकीको जोहो गर्ने मुख्य व्यक्ति नै बिरामी, त्यसमाथि उपचारका लागि चाहिने लाखौँ रुपैयाँ जोहो गर्ने चिन्तामा थपलियाको परिवार छ ।
ब्रेन ट्युमर भएर उपचार गरि निको भयो भनेर बसेको ४ वर्ष नबित्दै पुन त्यहि रोग देखिए पछी थपलियाको परिवार चिन्तित रहेको छ। ०७५ माघमा नवराज बेहोस भएपछी पुन आफुमा समस्या देखिएको हो।
काठमाण्डौको न्युरो हस्पिटलमा चेकअप गराउदै आएका थपलियालाई आर्थिक अभाब भएपछी अहिले भने चितवनको वि.पि कोइराला मेमोरियल हस्पिटलमा ल्याइएको छ।
आर्थिक अभाव भएपछि थपलियालाई नर्वे बाट सहयोग संकलन अभियान सुरु गरेका छन् ।ब्रेन ट्युमर पीडित थपलियालाई नर्वेलाई कर्म थलो बनाएर बसेका जीवन उप्रेती र शान्ति उप्रेतीको रोवरमा नर्वेमा बस्ने नेपालीले उपचारका लागि १ लाख ५५ हजार २ सय ७२ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, स्थानीय गाउँवासीले यथासक्य सहयोग गरेका पिडितका भिनाजु पदमराज उप्रेतीले बताउनुभयो।
थपलिया परिवार लगातार अस्पताल बस्नुपर्ने र औषधि उपचार गर्नुपर्ने हुनाले गरिबी बढ्दै गएकोछ । नवराजको उपचारमा लाखौ रुपैयाँ खर्च भइसकेको र अब केहि लाख खर्च गर्न सके आफ्नो श्रीमान् बाँच्ने थियो ।’ नवारजकि पत्नीले बताउदै सहयोग याचना गरिन्।