प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
सरकारले तोकेको पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ल्याउन माग गर्दै नेपाल प्रेस युनियन चितवनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत् सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् । ज्ञापनपत्रमा नेपाल सरकारले कात्तिक १ गतेदेखि सरकारले पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको भए पनि चितवन लगायत देशभरका अधिकांश सञ्चार माध्यममा लागू हुन नसकेको उल्लेख गरिएको छ ।
न्यूनतम पारिश्रमिक बढाउन दबाब दिन गत माघ १६ र १७ गते चितवनको पटिहानीमा सम्पन्न महिला पत्रकारहरुको भेलामा प्रेस युनियन चितवनले पत्रकारहरुको हस्ताक्षर संकलन गरेको थियो । सोही हस्ताक्षरसहितको ज्ञापनपत्र आज चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेतमार्फत् प्रधानमन्त्रीलाई बुझाएको हो।