Breaking News :

शान्ति चोकमा शक्तिशाली सिलिण्डर बम विस्फोट

चितिवनको भरतपुर महानगरपालिका–५ कैशालनगर स्थित शान्ति चोकमा रहेको कार्यालयमा मध्यराती करिब १२ः१५ बजे शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ ।

विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको राठौरले बताउनुभयो ।

घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए । घटना विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको छ।

merokhabarsathi

Read Previous

चितवनका गाईमा अमेरिकी भ्रुण प्रत्यारोपण, दूध बढी उत्पादन गर्ने दीर्घकालिन लक्ष्य

Read Next

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ल्याउन माग गर्दै प्रेस युनियन चितवनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *