Breaking News :

खैरहनीका सुत्केरी महिलाहरुलाई प्रोत्साहन स्वरूप यातायात खर्च वितरण

खैरहनी नगरपालिका वडा नम्बर १० र ११ का सुत्केरी भएका महिलाहरुलाई मंगलवार प्रोत्साहन स्वरूप यातायात खर्च वितरण गरिएको छ ।सुत्केरी भइसकेपछि कम्तीमा ३ पटक स्वास्थ्य जाँच गराएका २१ जना सुत्केरी महिलाहरुलाई प्रोत्साहन स्वरुप एक जनालाई ५०० को दरले यातायात खर्च वितरण गरिएको हो ।

कठार स्वास्थ्य चौकीको आयोजनामा मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिका मेयर लालमणि चौधरी, खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी, ११ का वडाध्यक्ष हाकिमसिंह उप्रेतीले सुत्केरी महिलालाई यातायात खर्च प्रदान गरेका थिए ।

सो अवसरमा खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले यातायात खर्च कम भए पनि स्वास्थ्यका हिसाबले महत्वपूर्ण रहेको बताए । चालु आर्थिक वर्षको साउन यता सुत्केरी भई स्वास्थ्य परीक्षण गराएका महिलाहरुलाई यातायात खर्च प्रदान गरिएको कठार स्वास्थ्य चौकी प्रमुख रामचन्द्र श्रेष्ठले बताए ।

खैरहनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माया पाण्डेले सुत्केरी भएको २८ दिन भित्र स्वास्थ्य जाँच गराएर बाल मृत्युदर घटाउने सरकारको लक्ष्यमा यो कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने बताइन् । खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले कार्यक्रमको उदेश्यका बारे जानकारी गराएका थिए ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

बन्यजन्तु आक्रमण बढेपछि चितवन राष्टिय निकुञ्जमा आश्रित बासिन्दाहरुका लागि रत्ननगर नगरपालिकाले ल्यायो बीमाको क्रार्यक्रम

Read Next

चितवनका गाईमा अमेरिकी भ्रुण प्रत्यारोपण, दूध बढी उत्पादन गर्ने दीर्घकालिन लक्ष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *