Breaking News :

प्रयोगात्मक विषयलाई व्यवस्थित ढंगबाट सञ्चालनबारे चितवनमा अभिमुखीकरण

आज चितवनको भरतपुरमा कक्षा ११ र १२ मा चलाइने प्रयोगात्मक विषयलाई व्यवस्थित ढंगबाट सञ्चालनबारे अभिमुखीकरण भएको छ ।

नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड र शाखा कार्यालय हेटौंडाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा चितवन जिल्लाबाट खटिने झण्डै १०० भन्दा बढी बाह्य परीक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड योजना महाशाखाका प्रमुख गोविन्दराज खनिया, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख रुद्हरि भण्डारी र जिल्ला शिक्षा समन्वय इकाई चितवनका प्रमुख दिपेन्द्र सुवेदीले राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित प्रयोगात्मक विषयलाई व्यवस्थित र प्रभावकारी कसरी बनाउने भनेर आफ्नो मन्तव्य राखेका थिए ।

भौतिकशास्त्र, रसायनशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, आमसञ्चार र ट्राभल एण्ड टुरिजम विषयका शिक्षकहरु समावेश भएको कार्यक्रममा सम्बन्धित विषयको प्रयोगात्मक परीक्षा सञ्चालनमा देखिएका समस्याहरुको बारेमा समूहगत छलफल भएको थियो ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

पुर्वि चितवनका गाउँगाउँमा प्रहरी

Read Next

३ वर्षमा सक्ने भनिएको भरतपुर ठिमुराको पुल ४ वर्ष बितिसक्दा पनि ४५ प्रतिशत मात्र काम सकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *