होलीमा पूर्वी चितवनमा होली विशेष सांगीतिक कार्यक्रम हुने

होलीमा पूर्वी चितवनको खैरहनीमा होली विशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।

वि–कुल प्रोडक्सनले सधै झैँ यसवर्ष पनि खैरहनीको चैनपुर चोकमा रहेको डिज्नी पार्क रिसोर्टमा होली विशेष सांगीतिक कार्यक्रम गर्न लागेको हो। विगत पाँच वर्षदेखि निरन्तर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको यस प्रोडक्सनले चैत्र ७ गते तराइ होलीको दिन होली विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको वि–कुल प्रोडक्सनका निर्देशक रवि चौधरीले जानकारी दिए ।

सो कार्यक्रममा युवा पुस्तामाझ चर्चित डिजे बिकी कुल गायक दया शिवाकोटीले भरपुर मनोरञ्जन प्रदान गर्ने छन् ।

merokhabarsathi

Read Previous

उपकरण थप्दै भरतपुर विमानस्थल,छुट्टै हेलिप्याड र पार्किङ क्षेत्र विस्तार गरिने

Read Next

पुर्वि चितवनका गाउँगाउँमा प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *