Breaking News :

चितवनका साना तथा ठूला होटलहरुमा अनगुमन अधिकांश होटलहरुको भान्छा फोहोर अखाद्य तेलको प्रयोग बढि

चितवनमा केही दिन अघिदेखि लगातार साना तथा ठूला होटलहरुमा अनगुमन गर्न थालिएको छ । शनिबार र आईतबार जिल्लाको सदरमुकाम भरतपुरदेखि मुग्लिनसम्मका होटलहरुमा अनुगमन गरिएको थियो।

भरतपुरको मुग्लिन क्षेत्रका ४५ वटा होटलहरुमा अनुगमन गरिएको थियो। यात्रुहरुले अस्वस्थ खानेकुराहरु खुवाउने गरेको गुनासो बढ्दै गएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंको टोलीले नै अनुगमन गरेको हो ।

शनिबार राती गरिएको अनुगमनको क्रममा अधिकांश होटलहरुको भान्छा कोठा नै फोहोर हुनुको साथै अखाद्य वस्तुहरु प्रयोग गरिएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले धेरैजसो होटलहरुमा अखाद्य तेलको प्रयोग गरिएको पाइएको बताएका छन् । उनले भने–“केहीमा त हामीले सोँचेको भन्दो राम्रो पायो, धेरैजसोमा अखाद्य तेल र फोहोर भान्छा कोठा देखियो ।”

अखाद्य भईसकेका यस्ता तेलले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको छ । मुग्लिन क्षेत्रका होटलबाट मात्रै अखाद्य २५ लिटर तेल नष्ट गरिएको अधिकृत सुवेदीले जानकारी दिए । यस्तै सदरमुकाम भरतपुर क्षेत्रका ठूला होटलहरुमा पनि अनुगमन गरिएको छ । नारायणगढको सेन्ट्रल पाम होटेल, होटेल रेड कार्पेट, होटेल ग्लोबलमा अनुगमन गरिएको छ । ती होटेलहरुमा पनि अखाद्य तेलको प्रयोग हुने गरेको भेटिएको छ ।

अधिकृत सुवेदीले भने–“भरतपुरका पनि सबै होटलको भान्छा कोठाहरु फोहोर र अखाद्य तेलको प्रयोग गर्ने गरिएको भेटियो, पहिलो चरणमा सुधारका लागि मौका दिएका छौं ।” तीन दिन भित्र कार्यालयको सम्पर्कमा आउन निर्देशन दिईएको छ सुधार नदेखिए जुनसुकै होटल भएपनि कारवाही गरिनेछ।

केही दिन अघि पनि जिल्लाको अनुगमन टोलीले भरतपुर गार्डेन रिसोर्ट, होटेल रोयल सेन्चुरी, आइसल्याण्ड जंगल रिसोर्टलगायतका होटेलहरुमा अनुगमन गरिएको थियो । ती होटेलहरुको भान्छा कोठाहरु फोहोर रहेको भेटिएको थियो ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

नारायणीमा तत्काल २ वटा पुल निर्माण गर्न साँसद पोखरेलको माग

Read Next

उपकरण थप्दै भरतपुर विमानस्थल,छुट्टै हेलिप्याड र पार्किङ क्षेत्र विस्तार गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *