Breaking News :

नारायणीमा तत्काल २ वटा पुल निर्माण गर्न साँसद पोखरेलको माग

संघीय संसदका कानुन न्याय तथा मानवअधिकार समितिका सभापति एवम् चितवन क्षेत्र नम्वर २ का साँसद कृष्णभक्त पोखरेलले नारायणी नदीमा तत्काल दुईवटा पुलको निर्माण गर्नको लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

संघीय संसदको आजको बैठकमा बोल्दै साँसद पोखरेलले चितवनको नारायणगढ र नवलपुरको गैँडाकोट जोड्ने हाल सञ्चालित पुल पुरानो र सवारी चाप धान्न नसक्ने अवस्थामा पुगेको भन्दै तत्काल दुईवटा नयाँ पुलको निर्माण गर्नुपर्ने बताउनुभएको हो।

‘पुल करिव ४० बर्ष पुरानो भयो, राजमार्गमा सवारी चाप बढ्यो अव पुरानै पुलमा भरपर्दा जुनसुकै बेला दुर्घटनाको खतरा छ । सम्माननीय सभामुख मार्फत नयाँ पुल निर्माणको काम तत्काल अघि बढाउन म सरकारको गम्भिर ध्यानाकर्षण गर्दछु ।’–साँसद पोखरेलले भन्नुभयो ।

पूर्व पश्चिम राजमार्गको यातायात आवागमनको ब्यबस्थापनलाई ध्यान दिदैं दुई÷दुई लेनका दुईवटा पुल आवश्यक रहेको पोखरेलको भनाई रहेको छ।

merokhabarsathi

Read Previous

भरतपुर महानगरपालिका वडा नम्बर १७ को वडा कार्यालय भवनको शिलान्यास

Read Next

चितवनका साना तथा ठूला होटलहरुमा अनगुमन अधिकांश होटलहरुको भान्छा फोहोर अखाद्य तेलको प्रयोग बढि

Leave a Reply

Your email address will not be published. Required fields are marked *