Breaking News :

भरतपुर महानगरपालिका वडा नम्बर १७ को वडा कार्यालय भवनको शिलान्यास

आज भरतपुर महानगरपालिका वडा नम्बर १७ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सो वडा कार्यालयको आज शिलान्यास गर्नुभएको हो । दाताको सहयोगमा दुई कठ्ठा र महानगरपालिकाले खरिद गरेको दुई कट्ठा गरी चार कट्ठा जमिनमा आधुनिक मिटिङ हलसहित चार कोठे कार्यालय भवन निर्माण गर्न लागेको हो ।
५० लाखको जग्गा र भवन निर्माणको लागि एक करोड १४ लाख गरी एक करोड ६४ लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न वडा कार्यालय भवन बन्न लागेको हो । भवन यसै आर्थिक वर्षमा सम्पन्न गरी सेवा प्रवाह गर्ने लक्ष्य राखिएको वडा नम्बर १७ का इन्जिनियर प्रविण श्रेष्ठले बताए ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने

Read Next

नारायणीमा तत्काल २ वटा पुल निर्माण गर्न साँसद पोखरेलको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *