चितवनको इच्छाकामनामा छोरी जन्मिए गाँउपालिकाले बैंक खाता खोलिदिने

इच्छाकामना गाउँपालिकाले नारी दिवसका अवसरमा स्थानीय स्वास्थ्य संस्थामा जन्मिएका बालिकाको बैंकमा मुद्धती खाता खोल्ने अभियान थालेको छ । साउनयता जन्मिएका २३ बालिकाको खाता खोलिएको गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

जनही रु १० हजारको खाता खोलिएको हो । स्वास्थ्य संस्थामा सुत्केरी गराउन र छोरी जन्माउँदा कुनै पनि अभिभावकले रुढीवादी सोच राखेर दुखी नहुन उत्प्रेरित गर्ने उद्देश्यले बालिका बचत शुरू गरिएको गुरुङको भनाइ थियो । सो अभियान नियमित रुपमा सञ्चालन गरिनेछ । सोही खातामा दाताबाट र परिवारबाट समेत रकम थप गरिदिन गुरुङ्ले आग्रह गर्नुभयो । गुरुङका अनुसार सो गाउँपालिकामा पछिल्लो जनगणना अनुसार २५ हजार १२ जनसङ्ख्या छ । नौ हजार हाराहारीमा चेपाङ् छन् । हाल सो गाउँपालिकामा पाँच स्थानमा ‘बर्थिङ सेन्टर’सहितको स्वास्थ्य संस्था छ ।

भ्रुण हत्या बढेसँगै गाउँपालिकाले सो अभियान थालेको हो । गाउँपालिकाको बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १०० छोरा भएपछि आफूले बालिका बचत कार्यक्रम शुरु गरेको गुरुङले बताउनुभयो । छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक राखिएको छ । सोह्र वर्ष उमेर पुगेसँगै गाउँपालिकाको सिफारिसमा मात्र रकम निकाल्न पाउने व्यवस्था गरिएको छ । स्थानीय ग्लोबल आईएमई बैंकमा १२ प्रतिशत व्याज दरमा खाता खोलिएको छ । नारी दिवसका अवसरमा साउनयता जन्मिएका बालिकाको नाममा खाता खोलिएकामा अब जन्मिएकै दिनमा गाउँपालिकाले रु १० हजार जम्मा गरेर खाता खोल्नसक्ने व्यवस्था मिलाइएको छ । रासस

merokhabarsathi

Read Previous

भरतपुर अस्पतालमा गुणस्तरीय सेवा दिन सचिव चौधरीको निर्देशन

Read Next

मदन-आश्रित दुर्घटनास्थल दासढुङ्गा संरक्षण भएन,सम्झना जेठ ३ मा मात्रै

Leave a Reply

Your email address will not be published. Required fields are marked *