नारायणी नदीलाई प्रदुषणबाट जोगाउनको लागि आज युथ क्लब नारायणगढले फोहर संकलन गर्ने डस्विन वितरण गरेको छ ।
नारायणी नदी किनारको रेखदेख गर्दै आएको विभिन्न पाँच टोल विकास सस्थाका अध्यक्ष शुक्रकुमार श्रेष्ठलाई आज युथ क्लबले डस्बिन वितरण गरेको हो । नदी सफा गर्नु हामी सबैको दायित्व हो भन्दै क्लबले नदीको सरसफाइ गरी श्रेष्ठलाई डस्विन वितरण गरेको थियो ।
नारायणी नदी देशको अमुल्य सम्पत्ति भएको र यसलाइै जोगाउनु हाम्रो कर्तब्य सम्झेर सहयोग गरेको युथ क्लबका अध्यक्ष भगवानकुमार जोशीले बताउनु भयो । पछिल्ला समयमा नदी किनारमा पर्यटकको संख्या बढ्दै गएकोले फोहर त्यही फाल्ने गर्दा नदी प्रदुषित हुने हुनाले नारायणी नदि सरसफाई गरि डस्विन वितरण गरेको जोशीले बताउनुभयो।
नदी किनारमा भएको फोहोर संकलन गरी तोकिएको स्थानमा फालि सरसफाइपछि कार्यक्रममा टोलविकास सस्थालाई डस्विन हस्तान्तरण गरिएको हो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष भुवन आचार्य, महासचिव शालिग्राम नेपाललगायतले मन्तव्य राख्नु भएको थियो ।