Breaking News :

भोककै कारण विद्यालयमा बस्दैनन् विद्यार्थी

रविना पाैडेल, चितवन। भरतपुर महानगरपलिकाबाट १६ किलोमिटर पार गरेपछि देवीटार भन्ने ठाउँ रहेको छ। चितवनको कालिका नगरपालिका-४ मा रहेको देवीटार मा देवीटार आधारभूत विद्यालय रहेको छ।

वि.सं. २०४१ सालमा निर्माण गरिएको  देवीटार आधारभूत विद्यालयमा एक सय ६९ जना विद्यार्थीहरु अध्यनरत छन्। अधिकांश विद्यार्थीमध्ये करिब ८२ प्रतिशत चेपाङ समुदायका विद्यार्थीहरु रहेका छन् । उक्त विद्यालयमा दिउँसो १ बजेपछि आधा भन्दा बढी विद्यार्थीहरु भोक लागेका कारण स्कुलबाट नपढी भागेर जाने गर्दछन् ।

विहान करिब ४५ मिनेटको पैदल दुरी पार गरेर ति विद्यार्थीहरू विद्यालय आउने गर्दछ्न । विद्यालय टाढा भएको र ४५ मिनेट हिढेर आएपछि भोक लाग्ने हुदा उनीहरुले भोक करिब १ बजे सम्म मात्र सहन सक्ने त्यसपछी आफूलाई भोक असहय हुने गरेको विद्यार्थीहरु बताउछन। जब विद्यार्थीलाई भोकले असहय हुन्छ तब विद्यालय रित्तिँदै र सुनशान हुँदै जान्छ । दिउँसोको १ बजे पछि त विद्यार्थीहरू भोककै कारण विद्यालयबाट विद्यार्थीहरु घर भाग्ने गरेको पाइएको छ।

विद्यार्थीको भोकसँग विद्यालयका प्रध्यापकहरु पनि आजित रहेको विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद रिजालले बताउनुभएको छ। उनका अनुसार नगरपालिकाभित्र विद्यालय खाजा कार्यक्रम लागू गरिएता पनि पर्याप्त मात्रमा खाजा नहुँदा विद्यार्थीहरू बाँडीचुँडी खाने गर्छन्। विद्यालयमा आउने अधिकांश विद्यार्थी विपन्न समुदायका रहेका छन् जसले गर्दा विद्यार्थीहरु सोयमले पनि खाजा ल्याउन सक्दैनन् र नगरपालिका बाट चलाएको खाजा अभियानले पनि विद्यालयका सबै विद्यार्थीहरुलाई पुग्दैन प्रधानाध्यापक रिजालले भन्नुभयो। उनीहरु जाडोमा लागाउने पोसाक समेत नभएका कारण जाडो महिनामा समेत एकसरो लुगा लगाएर आउने गरेका विद्यालयले जनाएको छ ।

१ सय ६९ जना अध्ययनरत रहेको विद्यालयको तथ्यांक छ । तर बहुसंख्य विद्यार्थीहरु जाडो, विकटता र भोककै कारण विद्यालय आउँदैनन् ।

merokhabarsathi

Read Previous

नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि प्राविधिक अध्ययन तत्कालै सुरु गर्न सहमति

Read Next

चितवनमा जन्ती गएको बस दुर्घटना १३ जना घाईते, ३ को अवस्था गम्भिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *