नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि प्राविधिक अध्ययन तत्कालै सुरु गर्न सहमति

नेपाल तथा भारतका अधिकारीहरूले नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि प्राविधिक अध्ययन तत्कालै सुरु गर्न सहमति जनाएका छन् । जलमार्गबाट नेपाल भारतबीच नयाँ सम्पर्क स्थापना गर्ने विषयमा प्राविधिक पक्षबारे छलफल गर्न नेपाल र भारतका अधिकारीको काठमाडौँमा सम्पन्न दुईदिने संयुक्त बैठकले यस्तो निर्णय गरेको हो बैठकमा नेपालको तर्फबाट सहभागी ऊर्जा आयोगका सहसचिव तथा जलमार्ग अध्ययन समितिका संयोजक माधव बेल्बासेले अब प्राविधिक अध्ययन तत्कालै सुरु हुने बताउनुभयो । दुई दिन कोसी र नारायणी नदीको स्थलगत अध्ययनपछि काठमाडौँमा बिहीबार सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको छ ।

बैठकले नेपाल तथा भारत बीचमा ‘इनल्यान्ड वाटर–वे’ को सम्भावना तथा विकासको सम्बन्धमा विभिन्न निर्णय गर्नुका साथै भारतले हाल गङ्गा नदीमा विकास गरिरहेको जल यातायातबाट नेपालले तत्काल लाभ लिनसक्ने गरी नेपाल भारतबीच सन् १९९९ मा भएको पारवहन सन्धिमा संशोधन गरी थप तीनवटा मार्ग संलग्न गर्न तथा चारवटा मार्गलाई संशोधनका लागि सिफारिस गर्न दुवै देशबीच सहमति भएको छ ।
थप हुने पहिलो मार्गमा कोलकाता÷हल्दिया साहिबगञ्ज, साहिबगञ्ज–मरिहारीः मरिहारी–जोगबनी÷विराटनगर रहेको छ । त्यसैगरी दोस्रो मार्गमा कोलकाता÷हल्दिया–साहिवगञ्जः साहिबगञ्ज भागलपुर–जोगबनी÷विराटनगर परेको छ । त्यस्तै तेस्रो रुटमा कोलकाता÷हल्दिया–कालुघाट, कालुघाट रक्सौल÷विराटनगर सडक रहेका छन् ।

त्यसैगरी, संशोधनका लागि सिफारिस भएका थप मार्गमा कोलाकता÷हल्दिया–साहिबगञ्ज, साहिबगञ्ज–मरिहारी, मरिहारी–पानीटङ्की÷काँकडभिट्टा परेको छ । दोस्रोमा कोलकाता÷हल्दिया–वराणसी, वाराणसी–सुनौली÷भैरहवा परेको छ भने तेस्रोमा कोलकाता÷हल्दिया–कालुघाट, कालुघाट–वाल्मिकीनगर÷गण्डक व्यारेज र चौथो रुटको रुपमा कोलकाता÷हल्दिया–साहिबगञ्ज, साहिबगञ्ज– भीमनगर÷कोशी व्यारेज रहेको जानकारी जलमार्ग अध्ययन समितिका संयोजक बेल्बासेले दिनुभयो । आजको गोरखापत्रबाट ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

रोहन गुरुङको घरमा विष्फोट, विष्फोट विप्लव समूहले गरेको प्रहरीको आशंका

Read Next

भोककै कारण विद्यालयमा बस्दैनन् विद्यार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *