Breaking News :

रोहन गुरुङको घरमा विष्फोट, विष्फोट विप्लव समूहले गरेको प्रहरीको आशंका

वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा विष्फोट भएको छ। विष्फोट विप्लव समूहले गरेको प्रहरीको आशंका  छ। शुक्रबार साँझ व्यवसायी गुरुङको घरमा राखिएको कारमा बम विष्फोट भएको हो।

विष्फोटका कारण गाडी पूर्णरुपमा ध्वस्त भएको छ भने घरमा आगलागी भएर क्षति भएको छ।विष्फोट परि एक जना व्यापारी मनीराम पौडेल सामान्य घाइत भएका छन् उनलाई अस्पताल लगिएको ‍महाराजगञ्जका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फडिन्द्र प्रसाईंले जानकारी दिए ।

गुरुङको घरमा विष्फोट भएपछि त्यस क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हुन्।

merokhabarsathi

Read Previous

महिला दिवसको अवसरमा खैरहनीमा अन्तरक्रिया कार्यक्रम

Read Next

नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि प्राविधिक अध्ययन तत्कालै सुरु गर्न सहमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *