Breaking News :

महिला दिवसको अवसरमा खैरहनीमा अन्तरक्रिया कार्यक्रम

१०९ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज खैरहनीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । महिला दिवसको अवसर पारेर खैरहनी नगरपालिकाले शुक्रवार प्रशिक्षणसहित अन्र्तक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियाले लैंगिक समानता विना समुन्नत समाज निर्माण नहुने वताउनुभएको छ । समाजमा अझै पनि लैंगिक विभेद कायमै रहेको भन्दै  उपमेयर थपलियाले विभेद अन्त्यपछि मात्रै सुसस्कृत समाज निर्माण हुने वताउनुभयो । सो अवसरमा उपमेयर थपलियाले लैंगिक हिंसा र नगरपालिकाका प्रशासकीय अधिकृत प्रकासचन्द्र पौडेलले नेपालमा महिलाको विगतदेखी वर्तमान सम्मको विकासक्रम बारे प्रतिवेदन समेत  प्रस्तुत गरेका थिए ।

सोही अवसरमा लायन्स क्लव अफ चितवन इष्ट र लियो क्लव अफ चितवन इष्टको सयुक्त आयोजनामा महिलाको पाठेघरको क्यान्सर सम्वन्धमा सचेतना कार्यक्रम गरेका थिए ।

खैरहनी नगरपालिकाकी उपमेयर थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी १२ का वडा अध्यक्ष टिकाराम तिमल्सीना, कार्यपालिका सदस्य शान्ती चौधरी,महिला तथा वालवालिका शाखाकी सरस्वती चालिसे लगायतले मन्तव्य राखेका थिए ।

merokhabarsathi

Read Previous

चितवन राष्ट्रिय निकुञ्जको घाँसे मैदान व्यवस्थापन गरिँदै

Read Next

रोहन गुरुङको घरमा विष्फोट, विष्फोट विप्लव समूहले गरेको प्रहरीको आशंका

Leave a Reply

Your email address will not be published. Required fields are marked *