अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना सन्देश

१०९औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले महिला विरुद्धको विभेद र उत्पीडन अन्त्यमा सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको दीगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानता समेटिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्यसको कार्यान्वयनमा जोड दिनुभएको छ । सन् २०३० सम्ममा पूरा गर्ने गरी तय गरिएको लक्ष्य पूरा भएमा नेपाल महिलाका लागि अनुकरणीय देश बन्ने राष्ट्रपतिको भनाइ रहेको छ ।

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

आज अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

Read Next

पर्यटकीय होटलका भान्सा गुणस्तरहीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *