कृतिम सुर्य बनाउन दत्तचित्त भएर लाग्यो चिन

बिज्ञान र प्रविधीको दुनियामा विश्वमा चमत्कारीपुर्ण काम र उपलब्धी पाईरहेको चीन यतिबेला आफनो महत्वपुर्ण योजना कृतिम सुर्य बनाउन दत्तचित्त भएर चिन लागिरहेको छ ।

१० डिग्री सेल्सियससम्म गर्मी उत्पन्न गराउन सक्ने क्षमताको कृतिम सुर्य बनाउदै गरेको चीनले यसको टेस्टिङ सुरु गरिसकेको छ । जसलाई चीनले एक्सपेरिमेन्टल एडभान्सड् सुपरकंडक्टिङ टोकामक नाम दिएको छ । चीनले यसलाई हुबहु असली सुर्य जस्तै डिजाईनमा तयार पारिरहेको छ । कृतिम सुर्यको प्लाज्मा मुख्यरुपमा इलेक्ट्रोनिक र आयनबाट बनेको हुनेछ ।जसले सौय मण्डलको मध्यभागमा ताराले जस्तै उर्जा भण्डारन गर्नेछ ।कृतिम सुर्य चीनमा चाडै नै चम्काउने लक्ष्यका साथ धमाधम काम अगाडी बढिरहेको छ । जसलाई विश्वले पनि निकै चासोका साथ हेरिरहेको छ।

 

२०२२ भित्र कृत्रिम बनाउँने लक्ष्य लिएको चीनले बनाउँन लागेको यो कृत्रिम सुर्य वास्तविक सुर्यभन्दा ६ गुणा बढी तातो हुने बताइएको छ ।वास्तविक सूर्यको भित्री भाग १.५० करोड डिग्री सेल्यियससम्म तातो हुन्छ भने गत चीनको नयाँ सूर्य १० करोड डिग्री सेल्सियससम्म तातो भएको हेफे इन्स्टिच्युट अफ फिजिकल साइन्सका वैज्ञानिकले जनाएका छन् ।

 

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

नारायणी नदिमा वेपत्ता भएका शाहको शव फेला

Read Next

तनहुमा भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *