Breaking News :

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि काँग्रेस प्रवक्ता शर्माले गरे सहयोग

चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आर्थिक सहयोग गरेका छन् ।

आफ्नो वैवाहिक जीवन १६ औं वर्षमा प्रवेश गरेको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई सहयोग हस्तान्तरण गरेका हुन् ।

श्रीमती कविता शर्मासँग विवाह गरेको १६ औं वर्षको  वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैयाँ नै सहयोग गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अतराष्ट्रीयस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरे ।

प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभुत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उनले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान पनि गरेका छन् ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

चितवनमा जबर्जस्ती करणीका ३१ घटना,अधिकांस पीडकलाई पक्राउ गरी कारवाही

Read Next

आउँदो शैक्षिक सत्रबाट चितवनको रामपुरमा इञ्जिनीयरिङ पढाइ हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *