Breaking News :

अमेरिकाको एलिजावेथ टाउनमा एक नेपालीको हत्या

अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको हत्या भएको छ ।

लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो । हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । ति बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

गोली लागेर दुई जना घाइते भएका थिए । घाइतेहरु स्वास्थ्य लाभ गरेर घर फर्किइसकेका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

merokhabarsathi

Read Previous

प्रगतिशिल लेखक संघ नेपाल चितवन शाखाको अध्यक्ष्यमा बिपिन पाठक चयन

Read Next

चितवनमा जबर्जस्ती करणीका ३१ घटना,अधिकांस पीडकलाई पक्राउ गरी कारवाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *