जीवन रानाभाट, चितवन। प्रगतिशिल लेखक संघ नेपाल चितवन शाखाको छैठौ जिल्ला अधिवेशनले बिपिन पाठकको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । आज भरतपुरको नेपाल पोलेटेक्निक कलेजको सभाहलमा सम्पन्न अधिवेशनले पाठकको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा प्रभा मरहठ्ठा,सचिबमा प्रकाश खनाल,सह-सचिबमा अनाम किरण,कोषाध्यक्षमा राजुदिप आचार्य चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा आकाश पौडेल,ध्रुब बर्तौला,शिब अल्पभाशी,सरोज सुमन,सागर मिश्र,रन्जना लिम्बु,सुप्रदिप भण्डारी,बिशाल वाग्ले र बिकाश बराललाइ चयन गरिएको हो ।
यसअघि उद्घाटन सत्रलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रगतिशिल लेखक संघ नेपालका केन्द्रिय उपाध्यक्ष खेम थपलियाले नया चयन भएको समितिलाई नया ढंगबाट काम सुरु गर्न आग्रह गर्दै आफुहरुको सहयोग सधै रहिरहने बताए । उनले प्रगतिशिल लेखक संघले अरुको टिकाटिप्पणी गर्नुभन्दा पनि आफुले राम्रो काम गरेर अघि बढ्न अनुरोध गरे ।
समिति चयन पश्चात कार्यक्रमलाइ सम्बोधन गर्दै नबनिर्वाचित अध्यक्ष्य बिपिन पाठकले आफुहरुको अबको कार्यकाल सफलता पुर्बक सम्पन्न गर्ने प्रतिबद्दता ब्यक्त गर्दै सबैको साथ र सहयोगको जरुरत रहेको बताए । उनले आफ्नो कार्यकालको सुरु मै चैत ३ गते चौबिसकोठीमा बृहत कबिता बाचन कार्यक्रमको आयोजना गरेको बताउदै सबैले सहभागिता जनाउन आग्रह गरे । उद्घाटन कार्यक्रममा मोदनाथ मरहठ्ठा,प्रकाश चापागाई,नमुना शर्मा,इन्द्र रेग्मी,रामहरी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।मोदनाथ मरहठ्ठाले स्वागत मन्तब्य राखेको कार्यक्रम खुमनराज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो