काठमाडौं । कञ्चनपुर र कास्कीमा रहेको एनसेलका टावरमा शुक्रबार राति आगजनी भएका छन्
पोखरा महानगरपालिका-२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको हो । प्रहरी कार्याल सिस्वाका डिएसपी मोहनबहादुर खाँडका अनुसार टावर डाँडामा रहेकाले दमकल पुग्न नपाउँदै टावर जलेर ध्वस्त भएको छ ।
यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि शुक्रबार राति आगजनी भएको छ ।
एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको हो ।