Breaking News :

‘गो फण्ड मी’ मार्फत् अन्तर्र्रािष्ट्रय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्न सकिने

केही महिनाअघि औपचारिक रुपमा निर्माण घोषणा गरिएको चितवनको भरतपुरमा बन्ने गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रङ्गशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले एउटा भिडियो  सार्बजनिक गर्दै देश विदेशबाट  ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताउनु भएको हो। यो रङ्गशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला नेपाली मौलिक शैलीमा निर्माण हुनेछ । रङ्गशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक सहयोग संकलन गरिरहेको छ ।

रङ्गशालाको निर्माणको लागी फिल्डको काम सुरु भईसकेको छ । फाउण्डेशनले कर्मचारीहरुको आवास र संचालनका लागि चितवनको रामपुरमा शाखा कार्यालय समेत संचालन गरिसकेको छ ।

बहुउद्देश्यीय यो रङ्गशाला निर्माणका लागि ३ अर्ब लाग्ने अनुमान गरिएको छ । फाउण्डेशनका अनुसार रङ्गशालामा क्रिकेट मात्र नभई नेपालमा खेलिने महत्वपुर्ण खेलहरु समेत यसमा खेल्न सकिनेछ । यो परियोजना शिलान्यास गरिएको २ बर्षमा सम्पन्न गर्ने फाउण्डेशनको लक्ष्य छ ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

निकुञ्जको हात्ती प्रजनन केन्द्रमा लोकतन्त्रकलीले छावा जन्मायो

Read Next

अण्डाको मुल्य फेरी बढ्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *