Breaking News :

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभामा चितवन शाखा सम्मानित

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा पोखरामा भएको छ । पोखरामा एक औपचारिक समारोहका बिच साधारण सभाको प्रतिनिधी सभाका सभामुख कृष्णवहादुर महराले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा नेपाल सरकारका सुचना, सञ्चार तथा प्रबिधि मन्त्री गोकुल बास्कोटा, पर्यटन मन्त्री रबिन्द्र अधिकारी विभिन्न राजनीतिकदलका नेताहरु, पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्षहरु, बरिष्ठ पत्रकारहरु लगायतको आतिथ्य रहेको थियो।

कार्यक्रममा उत्कृष्ट कार्य गरे वापत चितवन शाखा सहित विभिन्न जिल्ला शाखा सम्मानित भएका छन् । समारोहमा चितवनका तर्फवाट पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष राधेश्याम खतिवडालाई सम्मान पत्र प्रदान गरिएको छ । चितवन सहित मोरंङ, धनुषा, सुनसरी, धादीङ, जिल्ला सम्मानित भएका छन् ।

महासंघको साधारणसभाले विधान संसोधन वारे पनि निर्णय लिने जनाइएको छ । मुलुक प्रादेशीक संरचनामा गएकाले सोही बमोजिम संगठनात्मक संरचना कसरी अघि बढाउने भन्ने बिषयमा घनिभुत छलफल गरी यसै साधारणसभाबाट निर्णय लिने तयारी रहेको बुझिएको छ । साधारणसभामा सहभागी हुन देशभरवाट पत्रकारहरु पोखरा पुगेका छन् ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

चितवनका दुई खानेपानी उद्योगमा शिलबन्दी

Read Next

गाउँ गाउँमा आएको सिहदरबारले निम्त्याएको भ्रस्टाचार र बलात्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *