Breaking News :

चितवनका दुई खानेपानी उद्योगमा शिलबन्दी

चितवन संयुक्त्त अनुगमन टोलीले मापदण्ड पूरा नगरी उद्योग सञ्चालन गरेको भन्दै चितवनका दुई खानेपानी उद्योगमा शिलबन्दी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवन र खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय भरतपुरले बुधबार जिल्लामा सञ्चालित पानी उद्योगको अनुगमनका क्रममा मापदण्डविपरीत पाइएपछि शिलबन्दी गरेको हो । शिलबन्दी गरिएका उद्योगमा भरतपुर महानगरपालिका–१० सिँचाइरोडमा रहेको अप्सरा वाटर इण्डष्ट्रिज र भरतपुर महानगरपालिका–११ जखेडीमाईमा रहेको बिएसएम वाटर एण्ड वेभरेज छन्।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयबाट महेश पौडेल, खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अधिकृत विके राउतसहितको टोली गएको थियो । ती पानी उद्योगले प्रशोधित पिउने पानी निर्देशिका, २०७४ बमोजिम मापदण्ड पूरा नगरेको पाइएकाले शिलबन्दी गर्नुपरेको अधिकृत राउतले बताउनुभयो । मापदण्डअनुसार स्वचालित प्रविधि मेसिन प्रयोग गर्नुपर्ने हुन्छ । तर, यी उद्योगले हाते मेसिन प्रयोग गर्दै आएको भेटिएको छ ।

यी दुईसहित सात उद्योगको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । जिल्लामा १६ पानी उद्योग सञ्चालित छन् । स्वचालित प्रविधि मेसिन प्रयोग गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि शिलबन्दी गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

क्यान्सर रोगीलाई आवश्यक पर्ने झोला उत्पादन नहुँदा समस्या

Read Next

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभामा चितवन शाखा सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *