नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ती जनाएको छ ।
नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा आज विज्ञप्ती जारी गर्दै विज्ञप्तिमा जनप्रतिनिधिका रुपमा सामाजिक काम गर्दा गर्दै सामाजिक सञ्जाल मार्फत धम्की दिने प्रवृतिले मनोवल गिराउने काम भएकोमा नेपाली कांग्रेस चितवनको ध्यानाकर्षण भएको जनाएको छ । कुनैपनि वहानामा यस्ता धम्कीले मनोवल घटाउने हुदा यस्ता गतीविधि गर्ने उपर कार्वाही गर्नसमेत सम्वन्धीत निकायसंग माग गर्दै मनोवल गिराउने काम नगर्न र नगराउन समेत पार्टीले विज्ञप्ती मार्फत जनाएको छ ।
नेपाली कांग्रेस चितवनले आउदा दिनमा यस्ता घटना नदोर्यौन समेत चेतावनी दिएको छ ।