Breaking News :

भरतपुर महानगरकि उपप्रमुख शाहलाई सामाजिक संञ्जालमार्फत धम्की (धम्कि पूर्ण म्यासेज सहित)

भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीलाई सामाजिक संञ्जालमार्फत अंगभंग गर्ने धम्की आएको छ ।

भरतपुर महानगरपालिका उपप्रमुख सचिवालयको फेसबुक म्यासेन्जरमा युवा संघ र अनेरास्ववियु क्रान्तिकारीको हवला दिदै शाहलाई अंगभंग गर्ने धम्की आएको हो।  उपप्रमुख शाहले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी घटनाको बिषयमा जानकारी दिनुभएको हो।

अनेरास्ववियू क्रान्तिकारी एन पिआई ईकाई अध्यक्ष स्वप्निल सुवेदी नामको “शिवहरी सुवेदी”को म्यासेन्जर प्रयोग गरी उपप्रमुखको सचिवालयले संञ्चाालन गर्ने फेसबुकमा धम्की पूर्ण भाषा प्रयोग गरेर म्यासेज पठाईएको शाहले बताउनुभएको छ । मेसेन्जरमा लेखिएको शब्द देखाउंँदै शाहले आफूले कल्पनानै गर्न नसकेको ठाडो  धम्कीको भाषा प्रयोग गरेको बताउनुभयो ।

हेर्नुहोस् के लेखिएको थियो म्यासेजमा

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

नारायणगढ क्षेत्रमा आज दिनभर विद्युत अबरुद्ध

Read Next

उपमेयर शाहलाई ज्यान मार्ने धम्की आएको भन्दै नेपाली काँग्रेस चितवनको आपत्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *