नारायणगढ क्षेत्रमा आज दिनभर विद्युत अबरुद्ध

चितवन। चितवनको नारायणगढबाट धर्मचोकसम्मको सडक विस्तारका लागि पोलहरु सार्नुपर्ने भएकाले आज दिनभर विद्युत अबरुद्ध हुने भएको छ ।

सडक सघन शहरी तथा भवन निर्माण आयोजनाले यहाँ सडक विस्तारको काम गरिरहेकाले सडकमा परेका पोल सार्नु पर्ने अबस्था आएको जनाउँदै नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत अबरुद्ध हुन लागेको जानकारी दिएको छ ।

केन्द्रले एक सूचना जारी गरी आज विहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अबरुद्ध हुने बताएको छ ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

प्रजातान्त्र दिवसको अवसरमा हिजो भरतपुरमा दीप प्रज्वलन

Read Next

भरतपुर महानगरकि उपप्रमुख शाहलाई सामाजिक संञ्जालमार्फत धम्की (धम्कि पूर्ण म्यासेज सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *