Breaking News :

चितवनमा एम्बुलेन्सको अनुगमनमा चालकको अबरोध

चितवनमा एम्बुलेन्सहरुको अनुगमन गर्ने क्रममा एम्बुलेन्स चालकहरुले अवरोध सृजना गरेका छन् ।

अनुगमन टोलीले एम्बुलेन्स अनुगमन गर्ने क्रममा चालकले अवरोध सृजना गरेको स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत शोभाखर अधिकारीले बताउनुभयो । ‘अधिकारीले भन्नुभयो, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला एम्बुलेन्स सेवा संचालन समितिको बैठकको निर्णय अनुसार अनुगमन भएको हो, एम्बुलेन्स चालकहरुले हामीलाई थाहै नदिइ अनुगमन गर्न पाइन्न भन्दै अवरोध सृजना गरे ।’

प्रहरीले अनुगमनमा अवरोध सृजना गर्ने संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियनका केन्द्रिय अध्यक्ष नवराज लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन जिल्ला शाखा चितवनका अध्यक्ष सुमन घलेले ट्रेड युनियनको प्रतिनिधि विना अनुगमन गरेको र चालकलाई दुःख दिएको बताउनुभयो ।

merokhabarsathi

Read Previous

सुशाशनको कुरा सरकारको गफ मात्रै हो:- नेता केसी

Read Next

प्रजातान्त्र दिवसको अवसरमा हिजो भरतपुरमा दीप प्रज्वलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *