Breaking News :

सुशाशनको कुरा सरकारको गफ मात्रै हो:- नेता केसी

नेपाली कांँग्रेसका वरिष्ठ नेता अर्जुननर केसीले मुलुकमा भ्रष्टाचार मौलाउंँदै गएको र सुशाशनको कुरा सरकारको गफ मात्रै भएको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहांँले शक्ति विकेन्द्रीकरण हुनुपर्ने ठाउंँमा भ्रष्टाचार विकेन्द्रीकरण भइरहेको र सुशाशनको कुरा सरकारको गफ मात्र भएको  बताउनु भयो ।सरकारले संसदीय समितिमा बिचाराधीन रहेको बिषयलाई हस्तक्षेप गरेको बताउंँदै उहांँले प्रजातन्त्रको आवरणमा निरंकुशतावाद र सर्वसत्तावाद हाबी भएको बताउनु भयो ।

उहांँले भन्नुभयो , “प्रधानमन्त्रीज्यू भन्नु हुन्छ म भ्रष्टचारीलाई हेर्न सक्दिन, तर उहाँकै सरकारकालमा एकपछि अर्को भ्रष्टचारका काण्डहरु बाहिर आईरहेका छन् ।” ’अहिले संघियताका नाममा सिंह दरबारको अधिकार गाउंँमा भनेपनि भ्रष्टाचार मात्र शहर देखि वडावडा सम्म फैलिएको उहाँको भनाई छ । नेता केसीले सरकारलाई अहिले प्रजातन्त्रको आवरणमा रहेर देशलाई निरकुंशता र सर्वसत्ताबाद तर्फ लैजान खोजेको आरोप समेत लगाएका छन् ।

केसीले लोकतान्त्रिक दृष्टिकोण, समृद्धि नै काँग्रेसको एजेन्डा रहेको उनको भनाई छ । कार्यक्रम प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

merokhabarsathi

Read Previous

प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै, चितवनमा प्रभातफेरी सहितको कार्यक्रम

Read Next

चितवनमा एम्बुलेन्सको अनुगमनमा चालकको अबरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *