Breaking News :

प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै, चितवनमा प्रभातफेरी सहितको कार्यक्रम

आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ। जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ प्रजातन्त्र दिवस मनाउँदै आएको छ ।

यसै अवसरमा चितवनमा पनि आज प्रभातफेरी सहित एक विशेष समारोहको अयोजना गरी प्रजातन्त्र दिवस मनाइएको छ । भरतपुरको चौविसकोठीबाट शुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,नेकपा जिल्ला नेता तेजेन्द्र खड्का लगाएतले बोल्नुभएको थियो ।

merokhabarsathi

Read Previous

दशकौं देखिको विकास र समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा आइपुगेको छ:-प्रधानमन्त्री ओली

Read Next

सुशाशनको कुरा सरकारको गफ मात्रै हो:- नेता केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *