Breaking News :

दशकौं देखिको विकास र समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा आइपुगेको छ:-प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा आइपुगेको दाबी गरेका छन् ।

मुलुक समृद्धिको यात्रामा अघि बढिसकेकाले नेपालीको दशकौंदेखिको विकास र समृद्धिको सपना पूरा हुने विन्दुमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएकाले विश्वस्त हुन आग्रह गरे ।

‘निरंकुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरिबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौं’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।’

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

जनताका चाहना पूरा गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्छ:-राष्ट्रपति भण्डारी

Read Next

प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै, चितवनमा प्रभातफेरी सहितको कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *