जनताका चाहना पूरा गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्छ:-राष्ट्रपति भण्डारी

Presedent Bidya Devi Bhandari. Photo: President’s Office

राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका चाहना पूरा गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने बताउनुभएको छ ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाली जनताको चाहना हो । सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा थप ऊर्जा दिने छ ।

उहाँले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने उत्प्रेरणा प्रजातन्त्र दिवसले प्रदान गरोस् भन्ने कामना सहित प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ ।

प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति भण्डारीले यस दिवसले प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त्त गर्नुभएको हो ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु

Read Next

दशकौं देखिको विकास र समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा आइपुगेको छ:-प्रधानमन्त्री ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *