Breaking News :

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु

भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जीत बहादुर सार्की रहेका छन् । जगतपुरबाट भरतपुर आउँदै गरेको बा १५ च ४९२६ नं को कारले पैदलयात्री सार्कीलाई ठक्कर दिँदा सार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक सार्कीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ भने चालकको खोजी भइरहेको छ ।

merokhabarsathi

Read Previous

दारी ग्याङको तेस्रो वार्षिकोत्सव चितवनमा सम्पन्न

Read Next

जनताका चाहना पूरा गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्छ:-राष्ट्रपति भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *