प्रदेश सरकारका मुख्यमन्त्रीहरुको संघीय सरकारको काम कार्वाहीप्रति असन्तुष्टि

प्रदेश सरकारका मुख्यमन्त्रीहरुले संघीय सरकारले संघीयतालाई आत्मसात गर्न नसक्दा आफूहरुले काम गर्न नसकेको दावी समेत गरेका छन । सोमबार काठमाडौंमा कान्तिपुर कन्क्लेभको अन्तिम सत्र ‘मुख्यमन्त्रीसँग मुखामुख’ कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारले संवैधानिक अधिकार हस्तान्तरण गर्न विलम्ब गरेकाले प्रदेश सरकारले आफ्नो कामलाई तीव्रता दिन नसकेको दावी गर्नु भयो । उहाँले प्रदेश सरकार आफ्नो कामलाई तीव्रता दिन सक्षम भएपनि सोही अनुसारको व्यवस्था गर्न संघीय सरकारले नचाहेको गुनासो पनि गर्नु भयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले आफू कमजोर हुन्छुकि भन्ने केन्द्रिकृत मान्यताका कारण संघीयताको मर्म अनुसार मुलुकमा काम हुन नसकेको आरोप लगाउनु भयो । उहाँले संविधानले तीनै तहको अधिकारको व्यवस्था गरेपनि संघीय सरकारले त्यसलाई बेवास्ता गरेर अघि बढिरहेको आरोप पनि लगाउनु भयो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारले संघीयतालाई आत्मसात गर्न नसकेकाले प्रदेश सरकारले आफ्नो काममा गति दिन नसकेको दावी गर्नु भयो । उहाँले तीनै तहको सरकारले मिलेर मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउनुुपर्नेमा पनि जोड दिनु भयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन वटै तहको सरकारबीच समन्वय गर्ने ऐन समेत नबनाएको भन्दै संघीय सरकारको आलोचना गर्नु भयो । उहाँले तीनै वटै तहको सरकारबीच समन्वय हुने गरी तत्काल ऐनको व्यवस्था गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराउनु भयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको एकात्मकवादी चिन्तनका कारण संघीयता कार्यान्वयनमा समस्या भईरहेको आरोप लगाउनु भयो । उहाँले मुलुक बनाउन तीव्र आर्थिक विकासमा जोड दिनुपर्ने भएपनि सो अनुसार संघीय सरकार अघि बढन नसक्दा प्रदेश सरकार खुम्चेर बस्नु परेको गुनासो पनि गर्नु भयो ।

मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारलाई व्यवस्था गरिएको संवैधानिक अधिकार सुनिश्चित नगरे मुलुक द्धन्द्धमा फस्न सक्ने चेतावनी पनि दिनु भयो ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

क्रिकेट रंगशालाका सन्दर्भमा आएका टिकाटिप्पणीले दुःखी भएको छु:-मेयर दाहाल

Read Next

दारी ग्याङको तेस्रो वार्षिकोत्सव चितवनमा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *