Breaking News :

क्रिकेट रंगशालाका सन्दर्भमा आएका टिकाटिप्पणीले दुःखी भएको छु:-मेयर दाहाल

चितवन। आजबाट चितवनको भरतपुर स्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा शुरु भएको ३ नं. प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले  भरतपुर महानगरपालिकामा निर्माण हुन गइरहेको क्रिकेट रंगशालाका सन्दर्भमा आएका टिकाटिप्पणीले गर्दा आफू दुःखी भएको बताउनुभएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि सवै तहका सरकारहरु प्रतिवद्ध भएर लागि परेका छन्।  हामी विकास गर्दैछौ यसको लागि विभिन्न व्यक्ति समुहसंग सहकार्य गर्नुपर्ने हुन्छ, कुनै अमुक व्यक्तिले नेतृत्व लिएको भन्दैमा आपत्ती जनाउनु पर्ने अवस्था छैन मेयर दाहालले भन्नुभयो । रंगशाला नेपालको गौरवको संरचना हो भन्दै मेयर दाहालले सबैलाई सहयोग गर्न र बिरोध नगर्न आग्रह गर्नुभयो।

खेलकुद अन्तर्गत चितवनमा एथलेक्टिस र उसु खेल हुदैछ । अन्य खेलहरु ३ नम्बर प्रदेशकै विभिन्न जिल्लामा आयोजना हुने खेलकुद विकास समिति चितवनले जनाएको छ । प्रतियोगिता अन्तर्गत पुरुष फुटवल नुवाकोटमा, महिला फुटवल सिन्धुपाल्चोकमा, भारोत्तोलन, क्रिकेट, बास्केटवल, टेवलटेनिस, लङ टेनिस काठमाडौंमा हुने अध्यक्ष लामाले जानकारी दिनु भयो ।

merokhabarsathi

Read Previous

माडीका स्थानीय युवाहरुले गरे दवाव मुलक कार्यक्रमको घोषणा

Read Next

प्रदेश सरकारका मुख्यमन्त्रीहरुको संघीय सरकारको काम कार्वाहीप्रति असन्तुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *