माडीका स्थानीय युवाहरुले गरे दवाव मुलक कार्यक्रमको घोषणा

चितवन राष्ट्रिय निकुञ्जमा सडक निर्माण नगर्नु भनी अदालतबाट फैसला आएपछि माडीका स्थानीय युवाहरुले चरणबद्ध यसको विरोधमा दवाव मुलक कार्यक्रमको घोषणा गरेका छन् ।

माडीसहित मध्यवर्ती क्षेत्रको उत्पीडन विरुद्धको अभियान नाम दिइएको कार्यक्रम आजदेखि फागुन २१ गतेसम्म गरिने बारे आज भरतपुरमा पत्रकार सम्मेलनगरी अभियानका संयोजक मिलनदीप पौडेलले कार्यक्रम बारे जानकारी दिनुभएको छ । कार्यक्रममा अन्तरक्रिया, ¥याली, प्रदर्शन, ज्ञापनपत्र जस्ता कार्यक्रमहरु तय गरिएका छन् । माडीमा कुनैपनि वहानमा विकासको कामलाई अवरोध गर्न नहुने अभियानले माग राखेको छ ।

कार्यक्रम अन्तर्गत फागुन १४ गते पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डको उपस्थितिमा अन्तरक्रिया गरिने अभियानका संयोजक पौडेलले बताउनु भएकोछ । फागुन १६ देखि १९ सम्म भरतपुरमा १२ घण्टे रिले अनसन २० गते प्रदर्शन र २१ गते भेला आयोजना गरिएको छ । त्यसै गरी आजदेखि २० गतेसम्म भरतपुरको चौविसकोठीमा साँझ ४ः३० देखि ५ बजेसम्म प्लेकार्ड सहित नियमित मौन प्रदर्शन गर्ने जनाइएको छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले चितवन राष्टिय निकुन्ज क्षेत्रभित्र सडक निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । फैसलामा, ‘निकुञ्जको कार्यालय, युनेस्कोलगायत सरोकारवाला निकायको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म निकुञ्जभित्र पर्ने गरी सडक निर्माणसम्बन्धी कुनै कार्य नगर्नु नगराउनु’ भनिएको छ । माडीका स्थानीय जनप्रतिनिधिसहित अगुवाले फैसला प्रती असन्तुष्टी जनाउदै आएका छन् ।

merokhabarsathi

Read Previous

भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै

Read Next

क्रिकेट रंगशालाका सन्दर्भमा आएका टिकाटिप्पणीले दुःखी भएको छु:-मेयर दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *