Breaking News :

माइतिघरमा घन्किन थाल्यो “लुट्न सके लुट्”

स्वतन्त्र युवाहरुले पशुपती शर्माको लुट्न सके लुट गीत युट्युब बाट हटाएपछी आज बेलुकि ५:00 बजे बाट माइतिघरमा स्पिकरमा घन्काएर उक्त गीत बजाएका छन्। सबै युवाहरुले सबै देशबासिलाइ उपस्थित हुन आग्रह गर्दै गीत बजाउन थालेका हुन्।

वाइडबडिमा ५ अर्ब लुटेको, ३३ किलो सुन लुटेको, भर्खरै अख्तियार प्रमुखले ३८ लाख लुटेको, Ncell ले ३३ अर्ब लुटेको कुरालाइ नदेख्ने सरकारले एउटा गीतलाइ टार्गेट बनाएको भन्दै सबै देशव्यापी रुपमा सरकारको विरोध स्वोरुप सो गीत बजाउने भएका हुन्।

पशुपति शर्माको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको सो गितले छोटो समयमा नैं चर्चा कमाउन सफल भएको थियो । हिजो बेलुका ७:५३ सम्ममा युटुवमा ट्रेण्डिङ्गमा ९ औं स्थानमा रहेको गित एक्कासी युटुवबाट हटाईएको हो । गितलाइ ३ लाख भन्दा बढी दर्शकले हेरेका थिए ।

काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे छलफल चलेको स्रोतले बताएको थियो ।

गीतको सुरुमै गायक शर्माले भनेका छन् –‘पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ, तर देश र जनताको निःस्वार्थ रुपले माया गर्ने न त नेता भेटे नत अरु कोही…त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट ।’

पछिल्लो समय सुशासन कायम गर्ने मुलुकको संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै घुस आतंक मच्चिनु, मातपोत, भन्सार लगायतका जनताले दैनिक सेवा लिने सरकारी निकायहरुमा हुने घुस र भ्रष्टाचार आंतक फैलनु जस्ता विषयसँग शर्माको गीतको भाव मेल खान्छ ।

गत विहीबारबाट बजारमा आएको उक्त गीतले वर्तमान अवस्थामा देखिएका भ्रष्टाचार काण्डदेखि विकास निर्माणमा हुने बदमासीलाई चित्रण गरेको छ ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

चितवनका स्थानीय तहमा काङ्ग्रेसले सुरु गर्यो प्रशिक्षण

Read Next

घडियाल गोहीको संरक्षणमा चुनौती

Leave a Reply

Your email address will not be published. Required fields are marked *