Breaking News :

लुट्न सके लुट गीत युटुवबाट हटाईयो? पशुपति शर्माले फेसवुकमा लेखे यस्तो स्टाटस

गायक पशुपति शर्माले भर्खरै बजारमा ल्याएको व्यङ्गात्मक गीत लुट्न सके लुट कान्छा युटुवबाट हटाईएको छ।  पशुपति शर्माको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको सो गितले छोटो समयमा नैं चर्चा कमौना सफल भएको थियो । आज बेलुका ७:५३ सम्ममा युटुवमा ट्रेण्डिङ्गमा ९ औं स्थानमा रहेको गित एक्कासी हटेको हो । गितलाइ ३ लाख भन्दा बढी दर्शकले हेरेका थिए ।

काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे छलफल चलेको स्रोतले बताएको थियो ।

गीतको सुरुमै गायक शर्माले भनेका छन् –‘पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ, तर देश र जनताको निःस्वार्थ रुपले माया गर्ने न त नेता भेटे नत अरु कोही…त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट ।’

पछिल्लो समय सुशासन कायम गर्ने मुलुकको संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै घुस आतंक मच्चिनु, मातपोत, भन्सार लगायतका जनताले दैनिक सेवा लिने सरकारी निकायहरुमा हुने घुस र भ्रष्टाचार आंतक फैलनु जस्ता विषयसँग शर्माको गीतको भाव मेल खान्छ ।

शर्माको गीतमा यसअघि भ्रष्टाचारको आशंका गरिएको वाइडवडी काण्ड, ३३ किलो सुन काण्ड लगायतका विषयलाई समेत व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गत विहीबारबाट बजारमा आएको उक्त गीतले वर्तमान अवस्थामा देखिएका भ्रष्टाचार काण्डदेखि विकास निर्माणमा हुने बदमासीलाई चित्रण गरेको छ ।

सो गीतलाई युटुवबाट हटाउदै शर्मा यस्तो लेखेका छन्:-

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा

Read Next

चितवनका स्थानीय तहमा काङ्ग्रेसले सुरु गर्यो प्रशिक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *