Breaking News :

जागिरबाट बर्खास्त भएका एक व्यक्तिले कार्यालयमै अन्दाधुन्दा गोली प्रहारगर्दा ५ जनाको मृत्यु

अमेरिकाको इलिनोइ राज्यमा जागिरबाट बर्खास्त भएका एक व्यक्तिले शुक्रबार कार्यालयमै अन्दाधुन्दा गोली प्रहारगर्दा ५ जनाको मृत्यु भएको छ।
इलिनोइस्थित अरोरा शहरमा अवस्थित एक निर्माण कम्पनीमा कार्यरत ४५ वर्षीया ग्यारी मार्टिन जागिरबाट भर्खरै बर्खास्त भएका थिए। हेनरी प्राट कम्पनीमा १५ वर्ष काम गरिसकेका उनी किन बर्खास्त भए भन्नेबारे केही खुलाइएको छैन।

घटनाका प्रत्यक्षदर्शीका अनुसार मार्टिनले बन्दुक बोकेर अन्दाधुन्दी गोली प्रहार गरेका थिए। जागिरबाट बर्खास्त भएपछि रिसको आवेगमा उनले गोली प्रहार गरेको जनाइएको छ।

घटनामा उनकै साथीहरुको मृत्यु भएको जनाइएको छ। घटनामा पाँच जना घाइते भएका छन्।
प्रहरीले स्थिती नियन्त्रणमा लिने क्रममा जवाफी कारवाही गरेको थियो। कारवाहीमा बन्दुकधारी मार्टिनको समेत मृत्यु भएको जनाइएको छ। एजेन्सी

merokhabarsathi

Read Previous

माडीको शनि मन्दिरमा १०८ शिबलिङ्गको शिबरात्रिमा उद्घाटन गरिने

Read Next

त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *