Breaking News :

माडीको शनि मन्दिरमा १०८ शिबलिङ्गको शिबरात्रिमा उद्घाटन गरिने

माडीमा धार्मिक देखि सास्कृतिक महत्वका आकर्षक स्थलहरु रहेका छन् । माडी धार्मिक तथा पर्यटकीय सम्भावना र महत्व बोकेको क्षेत्र भएपनि पर्याप्त प्रचारप्रसार हुन नसक्दा अझै ओझेल परेको छ ।धार्मिक क्षेत्रको प्रचुर सम्भावना बोकेको स्थान मध्ये एक हो शनि मन्दिर माडी नगरपालिका ७ देबेन्द्रपुर स्थित शनि मन्दिरमा पछिल्लो समय धार्मिक कार्य देखि घुमफिर गर्न विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटकहरुको प्रवाह बढेको छ ।

चितवनका अन्य स्थानहरुसंगै माडीको धार्मिक पर्यटकीय केन्द्र शनि मन्दिरमा पनि आन्तरिक पर्यटकहरुको चाप बढेको शनि मन्दिरका अभियन्ता तथा युवा पण्डित सुदर्शन सुवेदीले बताउनुभयो । यसैबीच उक्त मन्दिरमा आउदो फागुन २० गते महा शिवरात्रीको अवसरमा ११५ जना दाताहरुले दिनुभएको १०८ शिबलिङ्गको उद्घाटन गरिने भएको छ १०८ वटा शिबलिङ्गलाइ गोलाकार स्वरुपमा दुई घेरामा राखिएको र निर्माणकार्य अन्तिम चरणमा पुगेको पण्डित सुबेदीले जानकारी दिनुभयो । यस बर्षको शिबरात्रि सोमबार परेको जानकारी दिदै उहाले यों शिबरात्रि अति उत्तम भएकाले शिबलिङ्गको यहि दिन उद्घाटन गर्न लागिएको बताउनुभयो । यस दिन शिबलिङ्ग संगै पशुपति नाथ र भगवान शिबको बहान (बृषभ)को समेत उद्घाटन गरिने छ । कार्यक्रम बिहान ७ बजे देखि सुरु हुनेछ भने दिउसो २ बजे उद्घाटन गरिने छ । कार्यक्रममा सहभागिताका लागि धेरैलाइ पत्र पठाइएको भन्दै उहाले पत्र नपाए यसैलाइ सूचना मानि उपस्थित हुन आग्रह गर्नुभयो । उक्त दिन माडीका विभिन्न क्षेत्रबाट भक्तजन आउनेमा आफुहरु बिश्वस्त रहेको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष्य श्रीराम पण्डितले बताउनुभयो ।

माडीको धार्मिक पर्यटन वृद्धि गर्नका लागि दक्षिण सोमेश्वर कालिका धार्मिक समितिले २०७४ चैत्र १५ गते स्थापना गरेको शनि मन्दिरमा हरेक शनिबार चितवन र वरपरका जिल्लाहरुबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । २०३५ सालमा स्थानीय वासीन्दाहरुले झण्डै २५ भन्दा धेरै शक्तीपिठ सिद्धपिठहरुबाट शिला ल्याएर स्थापना गरी चैत्र रामनवमी र विजयादशमीमा पुजा सञ्चालन गरि सुरुवात गरिएको स्थानमा अहिले दक्षिण सोमश्वर कालिका, शिव, गणेश, हनुमान भैरव, शनि भगवानका मूर्ती साथै जोरसाल, हरिण, मृग, माडीको सबैभन्दा ठुलो घण्टी, अग्लो त्रिशुल र माडीको दृश्यावलोकन गर्न सकिने भ्युप्वाइन्ट रहेकोले सो स्थानलाई विशिष्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने विश्वास गरिएको छ ।शनि मन्दिरमा भक्तजनको भिड बढ्दै जान थालेपनि आर्थिक अभाबले धेरै कार्य अझै अलपत्र परेका छन् तर प्रचार प्रसारको अभाब भएपनि थाहा पाउने जति शनि मन्दिर आउने गरेका छन् ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

सर्वोच्चको आदेशले माडीवासी आक्रोशित

Read Next

जागिरबाट बर्खास्त भएका एक व्यक्तिले कार्यालयमै अन्दाधुन्दा गोली प्रहारगर्दा ५ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *