Breaking News :

नारायणगढ मुग्लिन सडकखण्डमा भासिएको सडकको भौर्गर्भिक अध्ययन शुरु

नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न क्षेत्रमा भासिएको सडकको भौर्गर्भिक अध्ययन शुरु गरिएको छ ।

भासिएको र जोखिमपूर्ण गरी सात ठाउँमा भौगर्भिक अध्ययन गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयका इञ्जिनीयर खनालले जानकारी दिए । सडक भासिएको खण्ड २६ किलोमिटरमा र १७ किलोमिटर क्षेत्रमा सर्वे भइरहेको छ ।

भासिएको सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ । टोलीले एक महीनाभित्र अध्ययनसहित डिजाइनको प्रतिवेदन दिनेछ । आयोजनाका प्रमुख विसुरालले प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्रै निर्माणको काम अघि बढ्ने बताए ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

सालको काठसहित चितवनबाट दुईजना पक्राउ

Read Next

सर्वोच्चको आदेशले माडीवासी आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *