Breaking News :

सालको काठसहित चितवनबाट दुईजना पक्राउ

सालको काठसहित चितवनबाट दुईजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय, चितवनले इच्छाकामना गाउँपालिका–७, हरिपुर सव–डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने रानीखोला सामुदायिक बनबाट ११ थान गोलिया काठ सहित बरामद गरेको हो ।

काठ तस्करमा संलग्न रत्ननगर नगरपालिका–१३ का गणेश क्षेत्री र खैरहनी नगरपालिका १ का विनोद वुर्लाकोटीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । काठ तस्करीमा प्रयोग गरिएको ना ४ च ७९४३ र ना ४ च ९३१० नम्बरको बोलेरो पिकअप समेत नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पक्राउ परेका दुवैजना तस्करीमा प्रयोग भएको भ्यानका चालक हुन् । विशेष सूचनाका आधारमा हरिपुर सव–डिभिजन वन कार्यालय र रानीखोला सामुदायिक वन कार्यालयको गस्ती टोलीले सो काठ बरामद गरेको हो ।

बरामद गरिएको काठसहित पक्राउ परेका व्यक्ति र गाडीलाई डिभिजन वन कार्यालय, भरतपुरमा राखिएको छ । तस्करमा संलग्न अन्यको खोजी भइरहेको र नियन्त्रणमा लिइएकालाई वन ऐन, २०४९ अन्तर्गत कारबाही गरिने पौडेलले जानकारी दिए ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

चितवनका ७६ सामुदायिक विद्यालय दातृ संस्था र समुदायका भरमा

Read Next

नारायणगढ मुग्लिन सडकखण्डमा भासिएको सडकको भौर्गर्भिक अध्ययन शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *