Breaking News :

प्रेम दिवसको दिनमा हेल्प फर हेप्पीनेसको हृदयको आँखा सम्पन्न

चितवनमा सक्रिय सामाजिक संस्था हेल्प फर हेप्पीनेसले प्रणय दिवस अर्थात् प्रेम दिवसको अवसरमा हिजो  फागुन २ गते  हृदयको आँखा भन्ने कार्यक्रम गरेको छ।

प्रेम दिवसमा मायालाई नै समेटेर सामाजिक काम गर्ने उद्देश्यले प्रेम रुपलाई होइन मानवतालाई गरौ भन्ने नारासहित सो कार्यक्रम गरेको हो।  इडेन क्याफेले प्रयोजन गरेको कार्यक्रम मानव सेवा आश्रम चितवनमा ७ बजे बाट आश्रममा आश्रित वृद्दवृद्द्ा, अनाथ, अपांगलाई खाजा खुवाएर सुरुवात गरिएको कार्यक्रम बेलुकाको खाना खुवाएर सस्थाका अध्यक्ष नविन तिवारीले कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष  तिवारीले ‘माया रुपलाई हेरर होइन मानवतालाई हेरेर गर्नुपर्छ, त्यो नै एक नागरिकको कर्तव्य हो’ भनेर बताएका थिए।

सो कार्यक्रममा दिनभर केक काटेर रमाइलो गर्नुको साथै नाचगान गरि त्यहा आश्रित वृद्दवृद्द्ा, अनाथ, अपांगहरुलाई भरपुर मनोरंजन पनि दिइएको थियो। यस अघि पनि यस संस्थाले विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ।

 

merokhabarsathi

Read Previous

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

Read Next

चितवनका ७६ सामुदायिक विद्यालय दातृ संस्था र समुदायका भरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *