Breaking News :

किन मनाइन्छ भ्यालेन्टाइन डे???

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे फेब्रुअरी १४ विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस भनेर मनाइने चलन छ।

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर सेट भ्यालेन्टाइनले भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे। उनको बुझाइ थियो,अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्। त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।

निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्डको सजाय दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ।

merokhabarsathi

Read Previous

१०० दिन रोजगारी दिने उद्देश्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा

Read Next

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *