सरकारले बरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १०० दिन रोजगारी दिने उद्देश्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ ।
अब सरकारले बेरोजगार नागरिकलाई न्युनतम् सय दिन रोजगारी दिनेछ । रोजगारी दिन नसके निर्वाह भत्ता दिनेछ । सरकारको उद्देश्य रोजगारी दिने भएकाले निर्वाह भत्ता पाउने मापदण्ड निकै कडा बनाइएको छ । सरकारले तोकेको मापदण्ड पूरा नगर्ने व्यक्ति बेरोजगार भए पनि उसले निर्वाह भत्ता पाउँदैन ।
कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरेक दिन एक कदम अगाडि बढेको दाबी गरे । उनले भने, ‘नेपाली जनताले देख्न खोजेको दिन यही हो ।’