नेपाल द्वारा इरान पराजित

काठमाडौं । हिरो महिला गोल्डकप फुटबलमा नेपालले इरानलाई पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो ।

नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरिन् । अनिता बस्नेतले खेलको ४१औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्रा भण्डारीले ५९ औं र ८९ औं मिनेटमा गोल गरेपछि नेपाल ३–० ले विजयी भयो ।

 

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरका बिरामीलाइ छुट्टै वार्ड

Read Next

प्रणय दिवसमा भरतपुरमा एकल साझँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *