Breaking News :

सिरुपाते खुकुरी बोकेर आय कृष्ण समीप (भिडियो सहित)

काठमाडौं । गायक, रचनाकार तथा रेडियोकर्मी कृष्ण समिप सुवेदीले पश्चिमेली लोकलयलाई पूर्वेली भाकामा सजाएर नयाँ गीत ‘सिरुपाते खुकुरी’ सार्वजनिक गरेका छन् ।

सुवेदीकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको गीतमा सिरुपाते खुकुरी प्रेमी–प्रेमिकालाई मायाको उपहारका रुपमा आदनप्रदान गर्न प्रेरित गरिएको छ । गीतले माया प्रेम र देशप्रमलाई उच्च सम्मान दिइएको छ । गीतमा सुवेदीलाई आवाजमा एनके खत्री र मनिषा पोख्रेलले साथ दिएका छन् । गीतको म्युजिक भिडियोको निर्देशन दिपेन्द्र तिमिल्सीनाले गरेका छन् भने दिपेन्द्र,एनके खत्री र रेनु लामाको अभिनय रहेको छ।

गीतमा पश्चिमेली र पूर्वेली लोकभाकाको संयोजन सुन्न र देख्न पाइन्छ । पश्चिमेली लयमा पूर्वको चण्डी धुनलाई रोमान्टिक रुपमा प्रश्तुत गरिएको छ ।गीतमा नालापानी देखि कालापानीसम्म र टिस्टा देखि काँगडा सम्म लडेका वीर नेपालीले प्रयोग गरेको सिरुपाते खुकुरीको चर्चा गरिएको छ आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक भएको म्यूजिक भिडियोमा पूर्व र पश्चिमको गीत संगीतलाई एकशुत्रमा बाँध्ने प्रयास गरिएको गायक कृष्ण समिप सुवेदीले जानकारी दिए ।

१० वटा एल्बम र २ सय ५० बढी गीतमा आफ्नो स्वर तथा सृजना दिईसकेका कृष्ण २०६० सालमै रेडियो नेपालमा स्वर परीक्षा पास गरेर संगीतयात्राको थालनी गरेका हुन् । सुवेदीको केही समयअघि मात्रै नायक दिलिप रायमाझीको अभिनय सहित तरकारी काउली बोलको गीत सार्वजनिक भएको थियो । उनका गीतहरुमा भूगोल, माया प्रेम र राष्ट्रप्रेमलाई स्थान दिने गरिएको छ ।

कृष्णका ‘सिरसिर बतास’, ‘कोरियाको चक्कर’, ‘सालको पात दोब्राएर , ‘जोर बत्ती पालैमा’, ‘सिमली छायाले, ‘मनको तीर्खा मेट्न’मेरो कल्पनामा आउने,डाले घाँस निगाली, सुन्तालाको बोटमा काकरीको झाल आदी उनका चल्तीका गीत हुन ।लोक पप तथा आधुनिक सबै गीत गाउन सक्ने उनी सास्त्रीय सङ्गीतका बिधार्थी समेत हुन।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

प्रेम दिवसको अवसरमा हेल्प फर हेप्पीनेसको हृदयको आँखा

Read Next

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरका बिरामीलाइ छुट्टै वार्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *