Breaking News :

प्रेम दिवसको अवसरमा हेल्प फर हेप्पीनेसको हृदयको आँखा

चितवनमा सक्रिय सामाजिक संस्था हेल्प फर हेप्पीनेसले प्रणय दिवस अर्थात् प्रेम दिवसको अवसरमा फागुन २ गते  हृदयको आँखा भन्ने कार्यक्रम गर्ने भएको छ।

प्रेम दिवसमा मायालाई नै समेटेर सामाजिक काम गर्ने उद्देश्यले प्रेम रुपलाई होइन मानवतालाई गरौ भन्ने नारासहित सो कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष नविन तिवारीले बताए।  कार्यक्रम मानव सेवा आश्रम चितवनमा ७ बजे बाट आश्रममा आश्रित वृद्दवृद्द्ा, अनाथ, अपांगलाई  लाई खाना खाजा खुवाउनुको साथै उहाँहरु संग रमाइलो गरेर कार्यक्रम गरिने अध्यक्ष तिवारीले बताउनुभयो ।

सो कार्यक्रममा सहभागी हुन इक्छुक सबैले सहभागी हुन पाइनेछ। यस अघि पनि यस संस्थाले विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ।

 

merokhabarsathi

Read Previous

मान्द्रोमा अनामिका मल्लको भ्यालेनटाइन्स डे बिशेष कार्यक्रम

Read Next

सिरुपाते खुकुरी बोकेर आय कृष्ण समीप (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *